Search
Close this search box.
Search
Close this search box.

कोरोनाको दोस्रो लहर: गौरीगञ्ज लकडाउन

झापा ।समुदायस्तरमा कोरोना फैलन नदिन झापाका स्थानीय तहले पुनः लकडाउन गर्न शुरु गरेका छन् । समुदायस्तरमा कोरोना संक्रममित फेला पर्न थालेसँगै झापाका स्थानीय तहले आफ्नो पालिकामा लकडाउन गर्न शुरु गरेका हुन् ।

यसैक्रममा गौरीगञ्ज–१मा सामुदायमा कोरोना संक्रमण फैलिएको भन्दै वार्ड कार्यालयले बन्दाबन्दी गर्ने निर्णय गरेको छ । वडाध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा सोमवार वसेको वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । वार्ड नं. १मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वार्ड कार्यालयले आपतकालीन बैठक बोलाएको थियो ।

उक्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउँसो ३ बजेदेखि ६ बजेसम्म किन्न्न पाइने र स्थानीय बजारहरू पूर्णरूपमा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष राजवंशीले जानकारी दिए । अन्तर्राष्ट्रिय सीमानासंग जोडिएको वार्ड भएकाले सीमामा आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *