Search
Close this search box.
Search
Close this search box.

कोरोना नियन्त्रणमा हालसम्म २० अर्ब खर्च, महामारी बढेको बढ्यै

काठमाडौं– सरकारले कोरोना महामारी नियन्त्रणका लागि राज्यकोषबाट २० अर्ब खर्च गरेको छ। कोरोना नियन्त्रणका लागि १३अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको विवरण गत भदौमा सार्वजनिक गरिएको थियो भने पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको विवरण बुधबार सार्वजनिक गरिएको हो।

यति धेरै रकम खर्च भए पनि महामारी भने नियन्त्रण बाहिर रहेको छ। सरकारको गलत नीतिका कारण कोरोना अहिले देशभर तीव्र गतिमा फैलिइरहेको छ। हालसम्म २ लाख २३ हजार २९ जना संक्रमित भएका छन् भने ११ सय ७४ जनाले ज्यान गुमाएका छन्। सरकारी तथ्यांकभन्दा अझै धेरै मृत्यु भएको तथ्यांंकहरु सार्वजनिक भइरहेका छन्।

भदौमा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसबाट संक्रमितको उपचारका लागि तीनवटै तहबाट १३अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको थियो। जसमा संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ। त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समावेश गरिएको थियो।

प्रदेश सरकारका तर्फबाट भएको खर्च १ अर्ब ४९ करोड, स्थानीय तहबाट भएको खर्च ६ अर्ब २ करोड रूपैयाँ गरी कूल ११ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको हो।

संघीय सरकारबाट भएको निकासामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख ५० हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रूपैयाँ खर्च भएको छ।

संघबाट भएको निकासामध्ये औषधि र स्वास्थ्य सामग्री खरिदका लागि १ अर्ब ७५ करोड, स्वास्थ्य पूर्वाधारका लागि २ अर्ब ९३ करोड, जनशक्ति परिचालनका लागि ५ करोड ७४ लाख र क्वारेन्टाइनका लागि १ करोड २४ लाख रूपैयाँ खर्च भएको छ।

यसैगरी प्रदेश १ बाट २० करोड ७१ लाख, प्रदेश २ बाट १७ करोड २ लाख, बागमती प्रदेशबाट १३ करोड ६७ लाख, गण्डकी प्रदेशबाट १८ करोड ५४ लाख, प्रदेश ५ बाट १० करोड ५९ लाख, कर्णाली प्रदेशबाट २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशबाट ४२ करोड ८८ लाख रूपैयाँ खर्च भएको छ। सातवटै प्रदेशको कोषमा अब ८७ करोड ८५ लाख रूपैयाँ बाँकी छ।

जेठसम्ममै भएको थियो ८ अर्ब खर्च
जेठ अन्तिममा सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो।

जसमा संघीय सञ्चित कोषबाट ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको जनाइएको थियो।

त्यस्तै औषधि, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख थियो।

त्यस्तै प्रदेश सरकारका तर्फबाट १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ।

त्यसअघि सरकारले १० अर्व बराबर खर्च भएको दाबी गरेको थियो। सरकारको उक्त दाबी सत्य नभएको भन्दै सडकदेखि संसदसम्म खर्च विवरण सार्वजनिक गर्न माग गरिएको थियो।

चार महिनामा ७ अर्ब खर्च
पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आर्थिक वर्षका पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ तथा जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको उल्लेख गरेको छ।

प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख र आइसीयु, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुयैयाँ निकासा भएको उनले बताए।

उक्त रकममा हाइ डिपेन्डेन्सी युनिटका लागि पठाइएको ३ अर्ब २५ करोड रुपैयाँसमेत समावेश भएको प्रवक्ता गौतमले बताए। हालसम्म खर्च भएको यो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको मात्र हो। स्वास्थ्यखबरबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *