Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमणको रेडजोनमा ४४ जिल्ला

झापा । कोरोना भाइरस तीब्र रुपमा फैलिएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ ।

रेड जोनका रूपमा रहेका ४४ जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ । प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली प्रदेश छ । प्रदेश १ का १४ जिल्लामध्ये तीन जिल्ला रेड जोनमा छन् । यी तीन जिल्लामा शनिबारसम्म संक्रमितको संख्या नौ हजार एक सय ७७ छ । प्रदेश २ का आठवटै जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या १६ हजार एक सय १८ पुगेको छ ।

बागमती प्रदेशका १३ मध्ये सात जिल्ला रेड जोनमा छन् । यी जिल्लामा ४३ हजार सात सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी, गण्डकी प्रदेशका ११ मध्ये सात जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या चार हजार नौ सय चार छ । गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा अहिले सक्रिय संक्रमित छैनन् ।

लुम्बिनी प्रदेशका १२ मध्ये रेड जोनमा रहेका १० जिल्लामा शनिबारसम्म १२ हजार आठ सय १५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा १० मध्ये तीन जिल्ला मात्रै रेड जोनमा छन् । ती जिल्लामा तीन हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । यसबाहेक नौमध्ये सात जिल्ला रेड जोनमा रहेको सुदूरपश्चिममा शनिबारसम्म सात हजार ६ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमित एक लाख पाँच हजार ६ सय ८४ मध्ये अहिलेसम्म ७४ हजार दुई सय ५२ जनालाई निको भइसकेको छ । अहिले देशभर ३० हजार आठ सय १८ सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय १८ जना संक्रमित आइसियूमा र ७५ जना भेन्टिलेटरमा छन् । अहिलेसम्म कोरोनाबाट ६ सय १४ जनाको ज्यान गएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *