Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

झापा । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मोरङ र झापामा दुई–दुई सुनसरी र बाँकेमा एक/ एक जनाको मृत्यु भएको हो ।

चार जनाको मोरङका अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । झापाको गौरादह– दुई की ४९ वर्षीया महिला, सुनसरीको इटहरी–३ की ४० वर्षीया महिला, मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै झापाको दमक छ की ४६ वर्षीया महिलाको पनि उपचारको क्रममा ज्यान गएको छ । यस्तै, मोरङको उर्लाबारी ८ की ४५ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा कोहलपुर नगरपालिका वडा नं १, कौशिलानगरकी ३२ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *