Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश 

काठमाडौं । सर्वोच्च अदालतले परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड–२०७७ कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको छ ।

मानव अधिकार सञ्जालले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मल्लको इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लोक सेवा आयोगले जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न भनेको हो । अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार व्यवस्थापन गर्न पनि आदेशमा भनेको छ ।

 
संक्रमितलाई परीक्षा केन्द्रमा रोक्ने मापदण्डले व्यक्तिलाई विभेदित, लाञ्छित र बहिस्करणमा परेको अवस्था उत्पन्न गराउने भएकाले स्वघोषणा नगर्नेतर्फ पनि अदालतले आयोगलाई सचेत गराएको छ । लोकसेवा आयोगले कोरोना लागेका परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेपछि सञ्जालले रिट दायर गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *