हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी, मधेश, लुम्बिनी, कर्णालीलगायत भू-भागमा बदली भइरहेको छ ।
त्यस्तै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
आज पहाडी भू-भागका केही स्थानका साथै तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्नेछ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ ।
त्यस्तै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्ष हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्ष हुन सक्ने महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।