बिर्तामोड । कोहेड टोल विकास संस्थाले कोहेड कलेज कक्षा–११ र १२ मा पढ्ने विद्यार्थीलाई लागुऔषध तथा दुव्र्यसनी सम्वन्धि प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले दिएको प्रशिक्षणमा १ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
कोरोना कहरपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमक अन्तरगत पहिलो कार्यक्रम सम्पन्न गरेको प्रमुख रिजालले बताए । पछिल्लो समय लागुऔषध तथा दुव्र्यसनी कारोबारी पक्राउ पर्ने क्रम बढ्दै गएका छन् । लागुऔषध सेवन, ओसारपसार र विक्री वितरणमा किशोरकिशोरीको सहभागिता बढ्दो दरमा रहेकाले उनीहरुलाई लक्षित गरी कार्याक्रम गरिएको रिजाल बताउँछन् ।
कोहेड कलेजका प्रिन्सिपल उमानाथ ओलीको अध्यक्षतामा सम्पन्न कार्याक्रममा कोहेड टोल विकास संस्थाकी पार्वता विमली, ओम विमली लगायतको सहभागिता रहेको थियो ।