Search
Close this search box.
Search
Close this search box.

कोहेड कलेजका विद्यार्थीलाई लागुऔषध तथा दुर्व्यसनी सम्वन्धि सचेतना

बिर्तामोड । कोहेड टोल विकास संस्थाले कोहेड कलेज कक्षा–११ र १२ मा पढ्ने विद्यार्थीलाई लागुऔषध तथा दुव्र्यसनी सम्वन्धि प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले दिएको प्रशिक्षणमा १ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कोरोना कहरपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमक अन्तरगत पहिलो कार्यक्रम सम्पन्न गरेको प्रमुख रिजालले बताए । पछिल्लो समय लागुऔषध तथा दुव्र्यसनी कारोबारी पक्राउ पर्ने क्रम बढ्दै गएका छन् । लागुऔषध सेवन, ओसारपसार र विक्री वितरणमा किशोरकिशोरीको सहभागिता बढ्दो दरमा रहेकाले उनीहरुलाई लक्षित गरी कार्याक्रम गरिएको रिजाल बताउँछन् ।

कोहेड कलेजका प्रिन्सिपल उमानाथ ओलीको अध्यक्षतामा सम्पन्न कार्याक्रममा कोहेड टोल विकास संस्थाकी पार्वता विमली, ओम विमली लगायतको सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *