खोटाङमा सामूहिक रुपमा गोरू काटेर खाने गुरुङ पक्राउ

खोटाङ। खोटाङ जिल्लामा गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको छ ।

EPIC

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गुरुङ लगायत स्थानीयले सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले रावाबेंसी गाउँपालिका–६ हौँचुरका गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताएका छन् । गुरुङलाई गोरु काटेर खाएको पुष्टि भएमा कानून बमोजिम कारबाही हुनेछ ।

मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सांस्कृतिक क्रान्ति भन्दै मसानेडाँडामा गोरु काटेर भोज खाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि सुनसरी, झापा लगायत जिल्लामा गोरु काटेर सामूहिक भोज गरेका भिडिओ आएका छन् ।

EPIC EPIC EPIC

मङ्गोल नेसनल अर्गनाइशसनका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् ।

EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar