Search
Close this search box.
Search
Close this search box.

गाउँपालिकाद्वारा बाढी पीडिहरुलाई घर हस्तान्तरण

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाले वडा नं. ६ बेतनीमा बस्दै आएका बाढी पीडिहरुलाई घर हस्तान्तरण गरेको छ ।

बाढी पीडितहरु मध्ये मान बहादुर गोले, प्रेम गोले, रबिन बागदास, रणबिर बागदास, भक्त बहादुर दाहाल, धन प्रसाद मगर, गुमानसिंह चम्लगाई र गोकुल बुढाथोकीलाई गाउँपालिकाले अत्ति बिपन्न घोषणा गरि प्रमाणपत्र सहित सुरक्षित आवासका लागि घर हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सरला राई, वाडा नं. ४ अध्यक्ष बुद्विमान लिम्बु ,वार्ड नं. ६ बुद्विलाल निरौला, वडा नं. ७ शुशिलराज चौहाज, वडा नं ८ नगिन्द्र कार्की, वाडा नं. ९ सोमनाथ अधिकारी, गाउँपालिकाको ईन्जिनियर हस्रत अलि नेपाल, वडा न.ं ६ का वडा सदस्हरु वीरबहादुर तुम्सा, सासदा मगर, स्थानीय समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रममा बोल्दै पालिकाकी उपाध्यक्ष राईले भनिन्–‘बाढी पीडितहरुलाई घर हस्तान्तरण गर्दै गर्दा उहाँहरुको मुहारमा छाएको खुशी देख्दा आफैमा गर्व महसुस भएको भावना ब्यक्त गर्नुभएको छ ।’ राईले थपिन्–‘हामीले अन्य बाढी पीडितहरुका लागि पनि पालिकाबाट आवासको छिट्टै व्यवस्था गर्नेछौं ।’

करिब ५ वर्ष अघि नुनसरी खोलाको बाढीले विस्तापित गरेको पीडितहरुले आवास पाएपछि खुशी व्यक्त गरेका थिए ।

गाउँपालिकाबाट ३० लाख र उपभोक्ताबाट ३ लाख गरी ३३ लाखमा बाढी पीडितहरु मध्ये अत्यन्त विपन्न वर्गका १० घर परिवारलाई घर हस्तान्तरण गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *