Search
Close this search box.
Search
Close this search box.

गाउँपालिकामा पहिलोपटक पुग्यो केन्द्रीय विद्युत्

गलकोट। बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युतको पहुँच पुर्‍याएको जनाएको छ।

पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पुर्‍याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ।

लामो समयदेखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएको स्थानीय तिलक छन्त्यालले बताए। “बिहान बेलुका सामान्य बत्ती मात्रै बाल्न पुग्थ्यो”, छन्त्यालले भने, “बर्खाको समय घरेलु विद्युतमा समस्या आउँदा अन्धकारमै थियौँ, केन्द्रीय विद्युत् आउँदा निकै सहज भएको छ।”

झण्डै आठ वर्षदेखि लघु जलविद्युतमार्फत सामान्य सेवा उपभोग गरेका जलजलावासीको घरमा केन्द्रीय विद्युतीकरण पुर्‍याइएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए। “केन्द्रीय विद्युतको पहुँच गाउँगाउँ पुर्‍याउने सरकारको नीतिअनुसार बडीगाडमा जलजलाबाट विद्युतीकरण सुरु गरेका छौँ,” गोशलीले भने, “आगामी असार मसान्तसम्म गाउँपालिकाको ८ नम्बरबाहेक वडा १ देखि १० नम्बर वडासम्म विद्युतीकरणको लक्ष्य रहेको छ।”

जलजलाको झुलेडाँडाका ३५ घरमा शनिबारदेखि विद्युत् पगेको छ। ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत झण्डै ५५ लाख रुपैयाँको लागतमा जलजलामा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जाकारी दिएको छ। प्राधिकरणले गलकोट नगरपालिका(५ हरिचौरमा रहेको सबस्टेसनबाट ११ केभी प्रसारणलाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि चार किलोमिटरको दूरीमा रहेको झुलेडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ।

केन्द्रीय विद्युतको बडीगाड गाउँपालिकाका उपाध्यक्ष अम्मरबहादुर श्रीस र प्रमुख गोशलीले ‘स्विच अन’ गरेर शनिबार उद्घाटन गरेका थिए। वितरण केन्द्रले धेरै विद्युत् माग भएको ढोरपाटन नगरपालिकामा गत असोजदेखि केन्द्रीय विद्युत् पुर्‍याइसकेको छ। ढोरपाटनमा अहिले छ सयभन्दा बढी घरमा केन्द्रीय विद्युतको मिटर वितरण भइसकेको छ। अहिले बागलुङको पश्चिम क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ।

२०८ विपन्‍नलाई निःशुल्क मिटर बक्स

प्राधिकरणले विद्युतको पहुँच पुगेरसमेत मिटर खरिद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्‍न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ। गाउँमा विद्युतकीकरण भइसक्दासमेत मिटर बक्स खरिद गर्न नसकी छिमेकीबाट विद्युत् लिएर बाल्दै आएका र अन्धकारमा बस्दै आएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणले यही आर्थिक वर्षको पुस मसान्तसम्म दुई सय आठ परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको गोशलीले जानकारी दिए। प्राधिकरणले बिहीबारमात्रै गलकोट नगरपालिका(४ स्थित चमुवा र नुवाकोटका १६ घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

“गलकोटमा वि।सं। २०६८ देखि केन्द्रीय विद्युत् पुगे पनि विद्युत् मिटर राख्‍न नसकेका विपन्‍न परिवारलाई विद्युत् मिटर वितरण गरेका छौँ,” गोशलीले भने, “वडा कार्यालयले विद्युत् पुगेर पनि मिटर खरिद गर्न नसक्नेको सिफारिस दिएमा निःशुल्क मिटर वितरण गर्दै आएका छौँ।” मिटर माग गर्न विद्युत् प्राधिकरणको वितरण केन्द्रमासमेत आउन नसक्ने र विद्युत् मिटर खरिद गर्न नसक्नेलाई निःशुल्क मिटर वितरण गरिँदै आइएको छ।

सेवाग्राहीले विद्युत् मिटर खरिद गर्दा तीन हजार चार सय रुपैयाँ लाग्‍ने गर्दछ। सेवाग्राही वितरण केन्द्रमा आउने जाने सबै खर्च जोड्दा झण्डै पाँच हजार लाग्‍ने भए पनि वितरण केन्द्रले निःशुल्क मिटर दिँदा सेवाग्राहीको झण्डै पाँच हजार रकम बचत हुनेछ। अहिले प्राधिकरणले १० युनिटमात्रै विद्युत् खपत भएमा महशुल शुल्क निःशुल्क गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *