गाडीको ठक्करबाट सशस्त्र हवल्दारको मृत्यु, चालक फरार

बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो।

EPIC

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

बाजुराबाट घर आएका महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन।

महराको शव बीच सडकमै रहेको स्थानीय प्रेमसिंह भाटले जानकारी दिए। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका भाटले बताए।

EPIC EPIC EPIC

अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन्। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar