गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले घुम्ति हाटबजार सन्चालन गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मंसिर १४ गतेदेखि गाउँपालिकाका विभिन्न स्थानमा घुम्ति हाटबजार संचालन गर्ने उल्लेख गरेका छन् ।
कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने उदेश्यले घुम्ति हाटबजार सन्चालन गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले आफुसंग भएका कृषि तथा पशु एवं घरेलु उत्पादनसँग सम्बन्धित बिक्रीयोग्य बस्तुहरु समेत लिई आफुलाई आवश्यक पर्ने बस्तहुरु किनबेचमा सहभागी हुन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई उचितरुपमा बजारको पहुँच स्थापना गर्नको लागि गाउँपालिकाले घुम्ति हाटबजार सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले कृषकको लागि बजारको पहुँच स्थापना गर्न नसकेको खण्डमा व्यवसायिक कृषिको अवधारणा नहुने कुरा उल्लेख गरे ।