Search
Close this search box.
Search
Close this search box.

गुल्मीको मालिका गाउँपालिकाले घुम्ति हाटबाजार संचालन गर्ने

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले घुम्ति हाटबजार सन्चालन गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मंसिर १४ गतेदेखि गाउँपालिकाका विभिन्न स्थानमा घुम्ति हाटबजार संचालन गर्ने उल्लेख गरेका छन् । 

कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने उदेश्यले घुम्ति  हाटबजार सन्चालन गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले आफुसंग भएका कृषि तथा पशु एवं घरेलु उत्पादनसँग सम्बन्धित बिक्रीयोग्य बस्तुहरु समेत लिई आफुलाई आवश्यक पर्ने बस्तहुरु किनबेचमा सहभागी हुन सम्बन्धित सबैलाई आग्रह गरेका छन् । 

कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई उचितरुपमा बजारको पहुँच स्थापना गर्नको लागि गाउँपालिकाले घुम्ति हाटबजार सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले कृषकको लागि बजारको पहुँच स्थापना गर्न नसकेको खण्डमा व्यवसायिक कृषिको अवधारणा नहुने कुरा उल्लेख गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *