Search
Close this search box.
Search
Close this search box.

गुल्मीमा वडा अध्यक्षसहित १२ जुवाडे पक्राउ 

गुल्मी । गुल्मीमा प्रहरीले जुवाखेलेको अभियोगमा एक जना वडा अध्यक्षसहित १२ जनालाई पक्राउ गरेको छ । बिशेष  सुराकीको आधारमा प्रहरीले छापा मारेर १२ जना जुवाडेलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यलय गुल्मीको टोलीले सदरमुकाम तम्घासमा रहेको एभरग्रीन होटलमा छापा मार्दा  वडा अध्यक्षसहित १२ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ  । 

पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेसहित जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका १२ जना रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *