Search
Close this search box.
Search
Close this search box.

गौरीगंजमा कोभिड अस्पताल स्थापना

झापाको गौरीगंज गाउँपालिकामा ५ वेेेेडकाेे कोभिड १९ अस्पताल स्थापना भएको छ । गौरीगंज गाउँपालिाकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आइतवार रिवन काटेर औपचारिकरुपमा अस्पतालको उद्वघाटन गरेका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा अस्थायीरुपमा कोभिड १९ अस्पताल स्थापना गरिएको हो ।

सरकारको प्रत्येक स्थानियतहमा कोभिड १९ अस्पताल स्थापना गर्नुपर्ने नीति अनुरुप पहिलाे चरणमा संघिय सरकारले अस्पताल स्थापना गर्न १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

पछिल्लोसमय कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले अस्पतालमा भेन्टिलेटर बाहेक सवै सेवाहरु उपलब्ध रहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्री नारायण यादवको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले अस्पताल स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए ।

अस्पतालमा डा. नविन घिमिरेको चिकित्सकीय सेवा रहनुका साथै स्टाफनर्स एञ्जिला खड्का र बिनिता लुइटेलले आलोपालो २४ सै घण्टा सेवा दिने छन् ।

उद्वघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. १ का अध्यक्ष, कार्तिकलाल राजवंशी, २ का अध्यक्ष अघनु राजवंशी, ३ का अध्यक्ष मखना महतो, ४ का अध्यक्ष कुल प्रसाद गिरी, ५ का अध्यक्ष विजय प्रसाद सिंह गन्गाई, कार्यपालिका सदस्य राधा अधिकारी, लिला गन्गाई, गौरीगंज प्रहरी निरीक्षक राकेश रेग्मीलगायतको सहभागिता थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *