जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार भएको छ ।
तीन महिनाअघि कामको शिलशिलामा भारत पुर्याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार गरेको हो । उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्याइएकी थिइन् ।
उनीहरूलाई त्यहाँ पुर्याएर ती महिला भने फर्किएकी थिइन् ।‘तीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको उनीहरूले बताएका छन् ।
’उनीहरूले त्यहाँबाट भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दुmखेसो पोखेका छन्।