‘दाना’ चक्रवातको प्रभावः नेपालमा आज रातिदेखि प्रभाव पर्ने, सतर्कता अपनाउन आग्रह

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा रहेको चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले नेपालमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरेको यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिबाट नेपालमा सुरु हुने देखिएको छ।

EPIC EPIC EPIC

विशेषगरी भोलि कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनेछन् भने यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च