झापाली समाज युएईले अङ्ग्रेजी नयाँ वर्ष लक्षित सांस्कृतिक कार्यक्रम गर्ने

युएईमा सक्रिय झापाली समाज युएईले आउँदो अंग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै डिसेम्बर २९, आइतबार (वि.सं. ८१ पौष १४) का दिन वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम दुबईको बरदुबाईस्थित याक एन्ड यति एभरेष्ट क्लबमा दिनको १ बजे सुरु हुनेछ।

कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमाल अतिथि कलाकारका रूपमा प्रस्तुत हुनेछिन् भने स्थानीय कलाकारहरू टिका दाहाल, प्रशान्त ताजपुरिया, जनक रुचाल, कान्छि योन्जन, कमल तामाङ, बिन्दु आचार्य, रमेश कडरिया लगायतले समेत प्रस्तुति दिनेछन्। कार्यक्रमको प्रमुख व्यवस्थापन रामकुमार राउतले सम्हाल्ने छन् भने कार्यक्रमको संचालनको जिम्मा गजलकार कान्छो भुपेन्द्र आचार्यले लिनेछन्।

EPIC EPIC EPIC

झापाली समाज युएई, २०१५ मा स्थापना भएको हो, युएईका ७ वटै क्षेत्रमा सक्रिय छ। हाल यस संस्थाको अध्यक्ष अमर राई रहेका छन्। संस्थाले नेपालमा समेत आफ्नो सम्पर्क कार्यालय स्थापना गरिसकेको छ, जसलाई युएईबाट फर्किएका झापावासीहरूले सञ्चालन गर्दै आएका छन्। यो कार्यालय झापाको सुरूङ्गामा अवस्थित छ।

संस्थाले विभिन्न कार्यक्रमहरू मार्फत संकलित रकमले युएईमा पीडित बनेका नेपालीहरूको उपचार र स्वदेश फिर्तीमा सहयोग गर्दै आएको छ। साथै, प्रत्येक वर्ष अक्षयकोषको व्याजबाट झापाका १५ वटै स्थानीय पालिकाका अनाथ, असाहाय र गरिब बालबालिकाहरूको अध्ययनका लागि पाठ्यसामग्री, पोशाक र विद्यालय/कलेज शुल्क प्रदान गर्दै आएको छ।

झापाली समाज युएईले आगामी सांस्कृतिक कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन सम्पूर्ण झापावासी एवं शुभचिन्तकहरूको सहयोग र उपस्थितिको अपेक्षा गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. धेरैधेरै धन्यवाद पालिका सन्देश महत्वपर्ण जानकारीको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *