Search
Close this search box.
Search
Close this search box.

जीवन बिमा : जस्ले बचत गर्न सिकाउँछ, भविष्यमा दरिलो साथ दिन्छ

जीवन जीउन गाँस बाँस र कपासको आवश्यकता जसरी छ त्यसरी नै जीवन बिमा पनि अति आवश्यक देखिन्छ । जीवन प्रकृतिको सुन्दर उपहार हो । यो सुन्दर उपहार सुरक्षा गर्ने जिम्मा आफ्नै हो ।

जीवन बिमाको उत्पति र बिकास इशाई पूर्व ४५०० तिर बेबिलोनिया , ग्रीक तथा रोममा आर्थिक, सामाजिक सुरक्षा प्रचलनमा थियो । ऋगवेद तथा मनु स्मृति जस्ता प्राचीन हिन्दु ग्रन्थमा “ यो गक्षम “ शब्दको प्रयोग पाइएको छ । योग क्षमको अर्थ लाभ र रक्षा हुन्छ । त्यसैले यस उप महाद्विपमा इसाई पूर्व २००० तिरै बिमाको कुनै रुप त्यस समयमा प्रचलनमा आएको थियो भन्न सकिन्छ ।

एक क्षेत्रका मानिसहरु आय स्थरको लागि अर्को स्थान तिर जाँदा सामुद्रीक यात्रा गर्दा चोर डाकाहरुले  पक्राउ गर्ने यातना दिने र अन्त्यमा जीवन समाप्त पारीदिने गर्थे । ब्यापारीहरु को मृत्युबाट आर्थिक क्षतिको पूर्ति गर्न व्यापारी वर्गले एक आपसमा केही रकम जम्मा गरेर कोष खडा गर्थे साथै दुर्घटनामा मृत्यू भएमा त्यही कोषबाट दायित्व व्यहोरिन्थ्यो । त्यही सहकारीताको रुपनै जीवन बिमाको रुप प्रारम्भ भयो । १५८३ जुन–१८ मा बेलायतका १६ जना ब्यापारी मिलेर ध्ष्ििष्यल  न्ष्ददयलक नाम गरेको व्यक्तिको नाममा बिमा गरेको पाइन्छ ।
नेपालमा सामाजिक सुरक्षण गर्न गुठी परापूर्वकाल देखि प्रचलनमा थियो । त्यसलाई अविकसित बिमाको रुप मान्न सकिन्छ ।

आधुनिक जीवन बिमा कहिले देखि सुरु भयो भन्न नसकेता पनि नेपाल मा बिक्रम सम्बत् २००४ सालमा नेपाल इन्स्योरेन्स कम्पनि लि को स्थापना निर्जीवन बिमा, बिमा कम्पनीको रुपमा स्थापना भई २०२४ साल मा नेपाल सरकारको सम्पत्ति बिमा ब्यबसायको नियमन गर्न बिमा एन २०२५ जारी भयो । यद्यपी जीवन बिमा ब्यबसाय भने राष्ट्रीय बिमा संस्थान मार्फत २०२९–११–०७ गते देखि औपचारिक सुरु भएको हो ।

जीवन बिमा भन्नसाथ बचत र सुरक्षा जोडिन्छ । तपाई कुनै ब्यबसाय गर्दै हुनुहुन्छ भने तपाईको सुरक्षा नङ र मासु को जोडिएको सम्बन्ध झँै अति आबश्यक हुन्छ । जस्तो तपाईं व्यवसाय सुरु गर्न कुनै न कुनै बैंक, सहकारी तथा गाउँघरमा आफन्त इष्ट्िमत्र संग भएको नगदलाई व्याजको आधारमा जोडिएर ब्यबसाय सञ्चालन गर्नु हुन्छ । त्यो तपाईंले सुरु गरेको व्यवसाय  तपाईंमा निर्हित हुन्छ । तपार्इं निरन्तर घर परिवारलाई समय दिएर व्यवसाय लाई वृद्धि गर्दै जाने जिम्मेवारी तपाईंको काँधमा आउँछ । त्यो जिम्मेवारी बहन गर्दै जाँदा तपार्ईंलाई लाग्ने प्राण घातक रोग को न्यूनीकरण बिमाबाट हुन्छ अनि तपाईं को जीवनको सुरक्षा बिमा बाट हुन्छ । जिम्मेवारी गर्ने क्रममा तपाईंलाई भवितव्य तपाईंलाई केही भै हालेको खण्डमा व्यवसायको ऋणले तपाईंको परिवारलाई सडक सम्म पुर्याउन सक्छ । तर तपाईं ले तपाईको ब्यबसायको लागत बमोजिमको जीवन बिमा योजना लिनु भएको खण्डमा तपाईं को त्यो भवितव्य भए पनि त्यसको क्षतिपूर्ति बिमाले भुक्तान गर्छ अनि परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्छ । त्यस कारण बिमा र जीवन को सम्बन्ध नङ र मासुझँै अपरिहार्य छ ।


जीवन  बिमाले बचत गर्न सिकाउँछ अनि आवश्यक पर्दा आँफुले जम्मा गरेको रकम पुन आफूलेनै चलाउन सकिन्छ । तपाईं आफू जागीरे जीवन होस् या मजदुरको जीवन होस्  निरन्तर कामको खटाई अनि कमाईबाट आफ्नु परिवार चलाउनु भएको हुन्छ । जिम्मेवारी तपाईंको काधमा छ अनि जोखिम पनि तपाईंमा हातमा बढी हुन्छ । सम्झनुहोस् तपाईं आफ्नु जीवनयापन गर्ने क्रममा यस संसारबाट बिदा लिनु भएको खण्डमा तपार्इंको परिवारलाई पर्ने आर्थिक क्षतिको न्यूनीकरण बिमाले गर्छ । भनिन्छ, मरे पछिको पौसाको के काम ? तर वास्तविक जीवनमा मृत्यूको १३ दिन सम्म आफन्त छरछिमेकले टार्नु हुन्छ भुल्याउनु हुन्छ हौसला दिनु हुन्छ, तर त्यसपछि आउने परिवारको समस्या बाँचेकाले लिनै पर्छ  ।

हाम्रो जस्तो मुलुकमा मध्यमबर्ग जीवनमा  श्रीमान नभएका महिलाहरुले व्यवहार गर्दा अनेकन लाल्चना लगाउँछन् । त्यो नारीलाई समाजले नै हो नकारात्मक भावना ले विभिन्न उप नाम दिन्छ । यदि जीवन बिमा गरेको परिवारको सदस्यको मृत्यु भएमा त्यस परिवारको  आर्थिक सुरक्षा जोडिएकाले गर्दा आफ्नु परिवार सुखद् बिना रकम अभाव र  छोराछोरीको उच्च शिक्षामा महत्वपूर्ण भुमिका खेल्छ । त्यसैले बिमा र जीवन एक आपसमा जोडिएको छ । अनि बिमा क्षेत्र को नारा नै छ,– बाचे आफूँलाइ मरे परिवारलाई । आफू हँुदा आफैलाई भरोसा, आँफू नहुँदा परिवारलाई सहारा ।
लेखक सन् नेपाल लाईफ ईन्स्योरेन्सका मार्केटिङ मेनेजर हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *