जुम्लाकाे हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली सुरू

जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरू गरेको छ। गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो।

EPIC

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको हो।

पालिकाभरका सातवटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए। सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार क्षेत्र छुटयाइएको छ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रूपैयाँ कर तोकिएको उनले बताए। 

EPIC EPIC EPIC

यो प्रणाली सातवटै वडामा लागू भएको छ। यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो। तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए। रासस

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar