जोईन्ट हेण्डले छिट्टै शवबहान सञ्चालनमा ल्याउँदै

तीर्थ तिम्सिना, बुद्धशान्ति(झापा) । जोईन्ट हेण्ड यूथ सोसाईटी बुद्धशान्ति झापा शव वहान खरिदको अन्तिम तयारीमा जुटेको छ ।

EPIC

करिब २ बर्ष अघिदेखि शव वहान खरिदको योजना लिएर अगाडी बढेको सोसाईटीले आउँदो चैत्र महिना भित्रै शव वहान संचालन गर्ने गरि आज बिर्तामोड स्थित फोर्सको आधिकारीक सोरुममा शव बाहन बुक गरेको सोसाईटीका अध्यक्ष सञ्जील प्रसाईंले बताएका छन् । उक्त शब बहान बुक गर्न अध्यक्ष प्रसाईं, सचिव गोकुल पौडेल, रामजङ्ग क्षेत्री, प्रबेश भट्टराई लगायत सहभागी रहेका थिए ।

विगत २ वर्ष अघि देखि निरन्तर शव बहान खरिद अभियानमा जुटेको यस संस्थालाई स्थानीय बुद्धिजिवी, समाजसेवी, व्यवसायी, लगायत बैदेशिक रोजगारीमा जानेहरुले समेत आफूले सक्ने सहयोग गर्दे आउनुभएको अध्यक्ष प्रसाईंको भनाई छ । आउनुभएको छ ।

बुद्धशान्ति, मेचीनगर, शनिअर्जुन रोङ क्षेत्रमा शव वाहन पहिलो सव बाहन हुने अध्यक्ष प्रसाईंको भनाई छ । करिब १५ लाख बढी पर्ने उक्त शव बहान बुद्धशान्ति रथ नामाकरण गरिने समेत बताइएको छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar