Search
Close this search box.
Search
Close this search box.

झापाका पालिकालाई नागरिकता लिन आलोपालो गराउँदै जिल्ला प्रशासन

झापा / पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिन झापाका पालिकाहरुलाई अलग-अलग समय निर्धारण गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्लाका पालिकाहरुलाई हप्तामा २ दिन पर्ने गरी समय निर्धारण गरेको हो ।

जस अन्तर्गत मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकालाई आइतबार–सोमबार, भद्रपुर नगरपालिका, कन्काई नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई मंगलबार–बुधबार र अर्जुनधारा नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकालाई बिहीबार र शुक्रबार समय तोकेको छ ।दमक र गौरीगन्जको हकमा भने कार्यालय खुलेको सबै दिन सेवा प्रवाह हुने जनाएको छ ।अन्य पालिकाको हकमा भने तोकिएका दिनहरुमा मात्र सेवा प्रवाह हुने विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *