Search
Close this search box.
Search
Close this search box.

झापाका राजन सुवेदी बुद्धिचाल प्रतियोगिताको च्याम्पियन

झापाका राजन सुवेदी २४औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले ११औँ चरणमा प्रेमकृष्ण महर्जनलाई हराउँदै सर्वाधिक ८ अंकसहित विजेताको ट्रफी उचालेका हुन् । शीर्ष १२ खेलाडी सहभागी रहेको राष्ट्रिय च्याम्पियनसिप राउन्ड रोबिन लिगको अन्तिम खेलमा उनले जित निकालेका हुन् । उनले १९२३ रेटेड प्रेमकृष्णविरुद्ध १ अंक खोसेका हुन् । 
राजनले सात जित, दुई बराबरी र दुई हारको नतिजा निकाले । ३५ वर्षीय राजनले विजेता बनेसँगै ९ देखि २३ सेप्टेम्बरसम्म हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडका लागि स्थान सुरक्षित गरेका छन् । बुढापेस्टमा पुरुषतर्फ विवेक थिङ, रूपेश जैसवाल, राजन, शुश्रुत दाहाल र क्षितिज भण्डारी छनोट भएका छन् । महिलातर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमालले स्थान पक्का गरेका छन् । 
झापाका शुश्रुतले पुरुषोत्तम सिलवाललाई पराजित गर्दै दोस्रो स्थान रक्षा गरे । उनले ७.५ अंक बटुले । टाइब्रेकरका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । शुश्रुत र क्षितिजले ओलम्पियाडको यात्रा तय गरेका छन् । शुश्रुतले फाइनल चरणमा पुरुषोत्तम सिलवाललाई पराजित गरेका थिए । क्षितिजले दोलखाका राजीव कार्कीलाई पाखा लगाए । नवौँ महिला राष्ट्रिय बुद्धिचालको अन्तिम खेलमा कृतिसारा अधिकारीसँग स्तब्ध भएकी सिन्दिराले सर्वाधिक ९ अंक बटुल्दै नेपाल च्याम्पियनसिपको उपाधि हात पारेकी छिन् । उनी लगातार दोस्रोपटक च्याम्पियन बनेकी हुन् ।
सिन्दिरले ११औँ चरणको खेलमध्ये आठमा जित र दुईमा हारको सामना गरिन् । झापाकी कृतिसारा अधिकारी ८.५ अंकका साथ उपविजेता भइन् । उनले अन्तिम खेलमा ओलम्पियाडको टिकट पक्का गरेकी हुन् । कास्कीकी पूजा ८ अंकका साथ तेस्रो भइन् । उनीसँगै ८ अंक हात पार्दै शान्ति चौथो स्थानमा रहिन् । ओलम्पियाडमा चोथो खेलाडीका रूपमा शान्ति छनोट भएकी छिन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *