Search
Close this search box.
Search
Close this search box.

झापामा एकैदिन पाँचवटा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट स्थापना

काँकरभिट्टा – झापामा आइतबार एकैदिन पाच स्थानमा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी० स्थापना गरिएको छ । यो सँगै १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा स्थापना भएका सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपीको संख्या १७ पुगेको छ ।

झापाको मेचीनगर— ५ को नकलबन्दामा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपीको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले जिल्लाको मेचीनगर —१ स्थित तिरीङ, भद्रपुर—३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी०को उद्घाटनको घोषणा गर्नुभएको थियो । एउटा विओपीमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी रहने छन् ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कुल १२ वटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरी सकिएको छ । सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनिकरणका लागि सिमाक्षेत्रमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नकलबन्दामा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपीको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नुभएको थियो । पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा हुने अवाञ्जित गतिविधि नियन्त्रण र सीमाको उचित व्यवस्थापन हुने विश्वास लिईएको नगरप्रमुख आचार्यको भनाई थियो । उहाँले वीओपीले सीमा सुरक्षा शान्ति सुरक्षा र अवाञ्छित गतिविधि नियन्त्रणमा टेवा पुग्ने भन्दैं यसको उचित व्यवस्थापनमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । वीओपीले सीमा क्षेत्रमा हुने अवैध तस्करी र अपराधिक गतिविधि नियन्त्रण हुने भन्दैं यसलाई परिणाममा देखाउनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सीमानामा विओपी स्थापना भए पछि सीमाको सुरक्षा हुने र सीमा क्षेत्रका नागरिकमा सुरक्षाको समेत प्रत्याभुति हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको विषम् परिस्थितिमा सीमा रक्षाका लागि विओपीको आवश्यकता रहेको बताउनुभयो ।


उद्घटन समारोहमा बोल्दैं झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफल खुला सीमा रहेकाले विभिन्न खालका आपराधिक गतिविधि हुने हुँदा यस्ता वीओपी स्थापना गर्दा यस्ता गतिविधिमा समेत कमि आउने बताउनुुभयो । हातहतियार, लागूऔषध मानवबेचविखनलगायतका आपराधिक गतिविधि न्यूनिकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई असर पार्ने गतिविधि निरुत्साहित गर्र्न राजनीतिक दल, स्थानीयवासीबाट सकरात्मक सहयोगको आवश्यकता पर्ने भएकाले यसलाई पुरा गर्नु सवैको दायित्व रहेको उहाँको भनाई थियो ।


जिल्लाहरुमा राजस्व छली अवैध रुपमा सामानको आयात निर्यात हुने गरेको र अपराधिक गतिविधिमा संलग्नहरु समेत सिमा वारपार गर्ने हुँदा यस्ता गतिविधि नियन्त्रणका लागि सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले बताउनुभयो । सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरिमा १ सय १४ वटा विओपी थप्ने निर्णय गरेको थियो । उद्घाटन समारोहको सञ्चालन सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी० का प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले गर्नुभएको थियो ।

चालुु आर्थिक वर्ष २०७७-०७८ मा सशस्त्र प्रहरी बल नेपालले झापामा आठवटा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने लक्ष्य लिएको र यसअघि तीनवटा खडा भइसकेको तथा बाकी पाँचवटा आइतबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । हरेक वीओपी ४ किलो मिटरको दुरीमा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *