Search
Close this search box.
Search
Close this search box.

झापामा धान- उत्पादन बढ्यो, मूल्य बढेन

तीर्थ तिम्सिना, झापा । धान सुपरजोनको जिल्ला झापामा गत वर्षको तुलनामा यस बर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । मौसम अनुकूल र रोग किराको प्रभाव कम हुनुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष झापामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश सिवाकोटीले बताएका छन् । ‘उन्नत बीउ र आकाशे पानीको पर्याप्तताका कारण धान उत्पादन बढेको हो,’ सिवाकोटीले भने, ‘कहिँ कतै धानबालीमा लागेको रोगकिरा समेत समयमै नियन्त्रण गर्न सफल भएको र मौसम पनि अनुकूल भएका कारण धान उत्पादन बढेको हो ।’ किसानले उन्नत जातको बीउलाई प्राथमिकता दिनु तथा मौसम पनि अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको हो ।

अघिल्लो आ.व ०७५र७६ मा १६ हजार ४ सय ४ हेक्टर क्षेत्रफलमा ४.५२ मेट्रिक टन प्रतीहेक्टर चैते धान उत्पादन भएको थियो । यस आ.व ७६र७७ मा १९ हजार ८ सय हेक्टर क्षेत्रफलमा ५.१५ मेट्रिकटन प्रतीहेक्टर चैते धान उत्पादन भएको छ । अघिल्लो बर्षको तुलानामा चैते धान समेत वृद्धि भएको छ ।

त्यस्तै अघिल्लो आ.व ०७५र७६ मा ८७ हजार ६३ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ४.८० मेट्रिक टन प्रतीहेक्टर उत्पादन भएको थियो भने यस आव ७६र७७ मा ८४ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा लगाइएको धान ४.५० मेट्रिकटन प्रतीहेक्टर उत्पादन भएको सिवाकोटीको भनाई छ ।

जिल्लामा बर्खे र हिउँदे गरि अघिल्लो बर्ष १ लाख ३ हजार ४ सय ६७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती बाट ४.७६ मेट्रिकटन प्रतीहेक्टर उत्पादन भएको थियो भने यस बर्ष १ लाख ४ हजार ६ सय ७५ हेक्टरमा ४.६२ मेट्रिकटन प्रतीहेक्टर उत्पादन भएको छ ।

जिल्लालाई धानको सुपरजोन घोषणा गरे पनि किसानको समस्या सम्बोधनमा सरोकारवाला चुकेको झापाका अधिकांश किसानको गुनासो छ । जसले गर्दा कृषि व्यवसायप्रति किसानको लगाव घट्दै गएको सरोकारवालाको भनाई छ ।

खेती गर्ने समयमा रासायनिक मल, बिउको अभाव खेपेका झापाका किसानले आफुले सोचेभन्दा बढी धान फलाएका छन् । समयमै आकाशे पानीले साथ दिएपछि धान अघिल्लो बर्षको भन्दा यस बर्ष बढी उत्पादन भएको बुद्धशान्ति -३ का कृषक यमनाथ अधिकारीले बताएका छन् ।यता बिश्वव्यापी महामारी लिएको कोरोना भाईरसका कारण खेती किसानीमा पर्याप्त श्रम शक्ति खर्चिएकाले पनि धान उत्पादनमा बृद्धि भएको बुद्धशान्ति गाउँपालिका कृषिबिकास शाखा प्रमुख कृष्ण ढुङ्गेलले बताएका छन् । उनले ७ वटा वडा रहेको बुद्धशान्तिमा मात्रै ४.८८ मेट्रिकटन धान उत्पादन भएको बताए ।

कृषि प्रमुख ढुङ्गेलले सुरुवाति समयमा धानमा गभारोको समस्या अत्याधिक भएपनि समयमानै किसानले व्यवस्थापन गरेकाले पनि बुद्धशान्तिमा धान उत्पादनमा बृद्वि भएको बताए ।

झापामा रञ्जित, बासमती, राधा १२, स्वण स्वब, रामधान, मनसुली लगायत जातका धान लगाइने गरेको छ । सरकारले झापामा धान सुपर जोन कार्यक्रम घोषणा गरेसंगै हरेक बर्ष उत्पादनको क्षेत्र समेत बढ्दो रहेको छ ।

मुल्यकै चिन्ता

आँफुले सोचेभन्दा बढी उत्पादन भएतापनि उचित मूल्य पाउन नसकेको किसानले गुनासो गर्ने गरेका छन् । झापा मेचीनगरका खगेन्द्र पौडेलले किसानको उत्पादनमा स्थानीय सरकारले समेत सहयोग नगरेको गुनासो पोखे । उनले सरकारले नै धानको मूल्य तोकेपनी सो अनुसार आफुहरुले मूल्य नपाएको बताए ।

जिल्लालाई धानको सुपरजोन घोषणा गरे पनि किसानको समस्या सम्बोधनमा सरोकारवाला चुकेको झापाका अधिकांश किसानको गुनासो छ । जसले गर्दा कृषि व्यवसायप्रति किसानको लगाव घट्दै गएको सरोकारवालाको भनाई छ ।

प्रदेशतिर फर्केर हेर्दा

प्रदेश १ मा गत वर्षको तुलनामा ५ प्रतिशत धेरै धान फलेको अनुमान मन्त्रालयको छ । गत वर्ष यो प्रदेशमा १२ लाख ४५ हजार मेट्रिक टन धान फलेको थियो । धानको उत्पादन बढनुको पछाडि अनुकुल मनसुनी वर्षा तथा बीउको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ । उन्नत धानको बीउबिजनका कारण पनि धान उत्पादन बढेको हुनसक्ने मन्त्रालयले अनुमान गरेको छ । यो वर्ष मनसुनी वर्षा अनुकूल भएका कारण देशका अधिकांश स्थानमा समयमै धान रोपाई भएको थियो ।

कृषि विभागको तथ्यांक अनुसार, यो वर्ष धान रोपाईँ हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो । गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो । गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको सकिएकोले पनि धान उत्पादन बढेको मन्त्रालयले बताएको छ । देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाईँ हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *