Search
Close this search box.
Search
Close this search box.

झापामा बढ्दै डेंगु रोगको सङ्क्रमण, बुद्धशान्तिमा सरोकारवालाहरुसंग अन्तरकृया

तीर्थ तिम्सिना, बुद्धशान्ति(पालिका सन्देश) । झापामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ । गत आ.व २०८०÷०८१ मा जिल्लाका पन्ध्र वटै पालिकाको तथ्यांकलाई हेर्ने हो भने डेंगुको सङ्क्रमण बढ्दै गएको पाइएको छ । जिल्लाको पन्ध्र पालिका मध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।

६ हजार ४ सय ३१ जनामा परीक्षण गर्दा दुई हजार १ सय १९ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका ‘फोकल पर्सन’ युवनाथ बरालले बताएका छन् । जसमध्ये बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालमा परीक्षण गराउने मध्येबाटै पाँच जनाको ज्यान समेत गएको उनले बताए ।

EPIC


जिल्लामा सबैभन्दा कम सङ्क्रमण कचनकवल गाउँपालिकामा देखिएको छ । ७५ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै जिल्लामा बिर्तामोड पछि दमक नगरपालिकामा ८ हजार ४ सय २१ जनामा परीक्षण गर्दा १ हजार ९ सय ७ जनामा पोजेटिभ देखिएको थियो । यसरी तथ्यांकलाई हेर्दा झापा डेंगु डेंगु रोगको रेड जोनमा छ ।


चिकित्सकका अनुसार एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट डेंगु संक्रमण फैलिने गर्छ । डेंगु संक्रमित बिरामीमा प्लेटलेटको मात्रा कम हुने, एक्कासी ज्वरो आउने, मांसपेसी दुख्ने, शरीर कट्टकटी दुख्नेलगायतका लक्षण देखिने गर्दछ । जिल्लामा पहिलो पटक सन् २०१२ मा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसयता बर्षेनी जिल्लाको विभिन्न स्थानमा डेंगु संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । समस्या देखिए स्वास्थ्य नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राखि उपचार गराए पूर्ण रुपमा स्वास्थ्यलाभ गर्न सकिने चिकित्सकहरु बताउँछन् ।


बुद्धशान्तिमा सरोकारवालाहरुसंग अन्तरकृया ः
बुद्धशान्ति गाउँपािलका स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको सहयोगमा पालिकास्तरीय डेंगुरोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ ।

गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका ‘फोकल पर्सन’ युवनाथ बरालले डेंगुरोगबारे सचेतना जगाउँदै प्रोजेक्टरको माध्यमबाट सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्थानीय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

अन्तरकृया पश्चात बुधबारे बजार क्षेत्रमा डेंगुको सचेतना जगाइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन यादवले बताएका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खतिवडा, प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेल, वडा नं ६ का वडा अध्यक्ष शिव पौडेल लगायतले मन्तव्य राखेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *