झापामा ६१६ जना नयाँ क्षयरोगी पहिचान, दमक र धुलाबारी उच्च जोखिममा

झापा, ४ फागुन – झापा जिल्लामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ६१६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासका अनुसार तीमध्ये २७ बालबालिका, ३७९ पुरुष र २१९ महिला छन्।

EPIC

यस अवधिमा खकार परीक्षणबाट ३७४ जना, छातीको एक्स–रेबाट ८९ जना तथा फोक्सो बाहेक अन्य अंगमा क्षयरोग देखिएका १५१ जना बिरामी फेला परेका छन्। साथै, ४४ जना पुनः दोहोरिएको क्षयरोगका बिरामी पनि भेटिएको दासले जानकारी दिनुभयो।

EPIC EPIC EPIC

गत आर्थिक वर्ष २०७९/०८० मा १,०४५ जना र चालू आर्थिक वर्ष २०८०/०८१ मा हालसम्म १,२६० जना नयाँ क्षयरोगी फेला परेका छन्। यो संख्या बढ्दो क्रममा रहेको भन्दै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा खोजी गर्दा अझै धेरै रोगी भेटिने सम्भावना रहेको औंल्याएका छन्। “सरुवा रोग भएकाले विशेष खोज पड्ताल अभियान चलाउन जरुरी छ,” फोकल पर्सन दासले भन्नुभयो।


झापा जिल्लामा २५ देखि ५५ वर्ष उमेर समूहमा क्षयरोगीको संख्या बढी रहेको पाइन्छ। विशेष गरी दमक र मेचीनगरको धुलाबारी क्षेत्रमा क्षयरोगीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।


जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको उपचार निःशुल्क उपलब्ध छ। बिरामीले ६ महिनासम्म औषधि सेवन गर्नुपर्छ। औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम प्रदान गरिन्छ।

संघीय सरकारको लक्ष्यअनुसार झापाका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालन गरिएको छ। नेपाल सरकारले सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।


माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुका कारण हुने क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो। यो रोग फोक्सोलाई ७२ प्रतिशतसम्म असर गर्छ भने, मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्क जस्ता अंगमा पनि फैलिन सक्छ।

कुपोषण, धूम्रपान, सुर्तीजन्य पदार्थको सेवन, मधुमेह, मादक पदार्थ सेवन, एचआईभी सङ्क्रमण तथा कमजोर रोग प्रतिरोधात्मक क्षमताका व्यक्तिहरूलाई क्षयरोगको उच्च जोखिम हुन्छ।


दुई हप्ताभन्दा बढी समय लगातार खोकी लाग्नु, राति ज्वरो आउनु, तौल कम हुनु, खानामा रुचि कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा यो रोग जटिल हुन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले तत्काल परीक्षण गराउन सबैलाई आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *