Search
Close this search box.
Search
Close this search box.

झापा कांग्रेसमा दुई हजार ७०० मत गणना हुँदा, कट्टेलको २९ मतले अग्रता कायम, मान्तार घटाउँदै थेबे

विर्तामोड । बिर्ताबजारको पब्लिक क्याम्पसमा नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको मतगणना जारी छ।

ताजा मतपरिणाम अनुसार २ हजार ७७० मत गणना गरिसक्दा सभापतिका उम्मेदवार राम कट्टेलले १३९० र अर्का प्रत्यासी देउमान थेबेले १३६१ मत प्राप्त गरेका छन्।

EPIC EPIC EPIC

हाल सम्म क्षेत्र नम्बर १, २, ४ र ५ को मतगणना भइसकेको छ भने क्षेत्र नम्बर ३ को गणना भइरहेको छ ।

त्यस्तै उपसभापति पदका उम्मेदवार केशवराज पाण्डेले १४६९, प्रेम सुम्बाहाम्फेले १२८५, शेरबहादुर भट्टराईले १३०१ र शमशेर गिरीले ११२०मत प्राप्त गरेका छन्।

सचिव पदका उम्मेदवार नवीन बिमलीले १४१९, बिश्वदिप लिङ्देनले १३३५, टोम राजवंशीले ११७८ र कृष्ण हुमागाईंले १२९४ मत प्राप्त गरेका छन्।

उपसचिव पदका उम्मेदवार कमल प्रसाद भण्डारीले १३६९, पदम लिम्बुले १२६९, कलेन्द्र प्रसाद राजवंशीले १३२८ र उमाराम प्रसाईंले १२१६ मत प्राप्त गरेका छन्।

शनिबार भएको निर्वाचनमा ३३११ जना क्षेत्रीय प्रतिनिधि र वडासभापतीहरुले मतदान गरेका थिए।

कुल ३३११ मतदाता मध्ये क्षेत्र नं. १ बाट ६०८, २ बाट ५९३, ३ बाट ६४०, ४ बाट ७५२ र ५ नम्बर क्षेत्रबाट ७१८ जनाले मतदान गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *