Search
Close this search box.
Search
Close this search box.

झापा गाउँपालिकाका कृषकहरु मकै खेतीमा आकर्षित

कुमरखोद । झापा गाउँपालिकाका अधिकांश किसानहरु यतिवेला मकै खेतीमा आकर्षित भएका छन् ।

पालिकाभरिको उर्वर जग्गामा अहिले जताततै किसानहरुले मकैवाली लगाएका छन् । अहिले झापा गाउँपालिकाको टोलटोल वस्तीवस्तीमा हरियाली मात्र देख्न पाईन्छ । किसानहरुले कहि पनि बाँझो जमिन छोडेका छैनन् । अरु वालीभन्दा मकैमा धेरै नै फाईदा हुने भएकाले गाउँपालिकाका अधिकांश किसानहरु मकै खेतीतर्फ आकर्षित भएका हुन् ।

झापा गाउँपालिकाले आप्mनो पालिकाका किसानहरुको आर्थिक उन्नतिका लागि विभिन्न शिर्षकमा बजेट छुट्याएको छ । मकै खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषकलाई अनुदान समेत दिएको छ । झापा गाउँपालिकाले कृषक समुहहरुलाई पानी तान्ने मोटर , औषधी छर्ने ट्याङकी वितरण गरेको थियो । त्यस्तै गाउँपालिकाले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत कुषि ज्ञान केन्द्र चन्द्रगढीसँग समन्वय गरेर कृषकहरुका ५० प्रतिशत छुट लगानीमा थ्रेसर ,पानी तान्ने मोटर, स्प्रे मेशिन , मकै थे्रसिङ फ्लोर प्रदान गरेको छ ।

झापा गाउँपालिकाले आप्mनो पालिकाभित्रका किसानहरुको स्तर उन्नतिका लागि कृषक समुहहरु गठन गरेको छ । कृषकहरुलाई वेलावेलामा विभिन्न क्षेत्रका विज्ञहरुलाई वोलाई तालिम समेत दिएको छ । झापा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यस वर्ष वडा नं १ लाई मकै जोन घोषणा गराउन सफल भएको छ । गत वर्ष वडा नं ६ लाई मकै जोन घोषणा गरिएको थियो ।

झापा गाउँपालिका वडा नं २ मा मोहनकुमार राजवंशी सचिव रहेको कृषक समुहमा १८५ जना किसानहरु आवद्ध छन् । त्यो समूह झापा गाउँपालिकाभरिकै सवैभन्दा ठूलो कृषक समुह हो । त्यस समूहका कृषकहरुले लगभग ४५० विगाह क्षेत्रफलमा मकै खेती गरेका छन् । आफूहरुले झापा गाउँपालिकाको पहलमा चन्द्रगढीको कृषि ज्ञान केन्द्रवाट विभिन्न अनुदानहरु पाएको सचिव राजवंशी बताउँछन् । त्यसैगरी वडा नं १ मा रहेको गणेश कृषक समुहका अध्यक्ष सुजितकुमार गणेशले आफ्नो समुहमा २५ जना किसानहरु आवद्ध रहेको बताए । त्यस समूहका कृषकहरुले पनि कृषि ज्ञान केन्द्रवाट विभिन्न अनुदान पाएका छन् ।

मकै खेतीमा धेरै फाईदा हुने भएकोले यहाँका अधिकांश किसानहरु मकै खेतीतर्पm आकर्षित भएका हुन् । वडा नं ६ किसान काजी क्षेत्री भन्छन् ‘१ विगाह क्षेत्रफलमा मकै खेती गर्दा लगभग ४०–४५ हजार रुपैयाँ खर्च हुन्छ तर उत्पादन प्रतिविगाह १३० देखि १६० मन मकै फल्छ ।’ सम्पूर्ण खर्च कटाएर पनि ६०–७० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । त्यसैगरी वडा नं २ का किसान टेकवहादुर कार्कीका अनुसार राम्रो मूल्य पाए खर्च कटाएर पनि डवल फाईदा हुने गर्दछ । त्यसैगरी वडा नं ४ का किसान आसिन आलमले मकै खेतीमा राम्रो फाईदा हुने गरेको बताए ।

‘मैलै २ विगाह क्षेत्रफलमा मकै खेती गरेको छु ’ उनले भने,‘ २ विगाह जग्गामा लगभग १ लाख जति खर्च हुन्छ समयमै मल , औषधी , पानी लगाउन सकियो भने प्रतिविगाह १५० देखि २०० मन मकै फल्छ ।’ झापा गाउँपालिकाले यस वर्ष कृषि तथा पशु क्षेत्रका लागि १ करोडबढी बजेट छुट्याएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । उनले मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत माटो परीक्षण , उन्नत बीउविजनलगायतका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै प्लाष्टिक टनेल वितरण , कुटी काट्ने मेशिन प्रदान , मकै छोडाउने मेशिन वितरण ,कृषि विकास साझेदारी अनुदान , कृषिको लागि विद्युत विस्तारजस्ता कार्यक्रम पनि गरिएको कृषि शाखा प्रमुख रीता वर्देबाले जानकारी दिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *