झापा पुगेका प्रधानमन्त्रीओलीद्वारा ताप्लेजुङको दोभानवस्तीमा भएको आगलागीप्रति दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ताप्लेजुङको दोभान वस्तीमा ५१ घर नष्ट हुनेगरी भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

EPIC

झापाको विर्तामोडमा आयोजना गरिएको विपन्न परिवारको लागि घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने बताए।

“भर्खरै मैले ताप्लजुङको दोभान वस्ती -दोभान गाउँमा भिषण आगलागी भएर ५१ घर नष्ट भएको भन्ने सुनें। यो दुःखद कुरा हो। हाम्रा सुरक्षाकर्मी त्यहाँ पुगिसकेका छन्। आगो निभाइसकीएको छ। राहत उपलब्ध गर्ने र पुनर्निमाण गर्ने कुरामा सरकार तत्काल लाग्छ,” प्रधानमन्त्री ओलीले भने।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले गरिव जनताको पक्षमा सरकार रहेको बताए। उनले सरकार गरिव जनताको स्तर माथि उकास्न लागिपरेको समेत जनाए।

EPIC EPIC EPIC

“फुसका छानाहरु अब टिनका छानबाट विस्तापित गर्नुहोस्, सहयोग सरकारले गर्छ। हामीले विकासको गतिलाई तीव्र गतिमा अघि बढाएका छौं। भूमीहिनलाई भूमीको व्यवस्था गर्दैछौं। रोजगारीको अवसर सृजना गर्ने काम गरिरहेका छौं”, उनले भने।

EPIC

तराईका फाँटहरु कुनै पनि सिजनमा सुख्खा हुन नहुने प्रधानमन्त्री ओलीले बताए। तराईका फाँटहरुलाई रसिले बनाइराख्न सरकारले सिँचाइको व्यवसथा गरिहरको उनले जनाए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar