Search
Close this search box.
Search
Close this search box.

ट्रम्पको दाबी–मैले चुनाव जितिसकें, उत्सवको तयारीमा छौं

एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । उनले सम्बोधनका क्रममा भने, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।’ उनले सम्बोधन गर्दै राति उत्सवको तयारी गरिरहेको बताए ।

ुहामी ठूलो उत्सवको तयारीमा छौं । हामीले ठूलो विजय हासिल गर्दै छौं । फ्लोरोरिडा, टेक्सस, जर्जियामा जितिसकेका छौं । उनीहरुले हामीलाई भेट्न सक्दैनन्,ु उनले भने ।

उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् । उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’

अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत प्राप्त गर्नु पर्छ । अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन् । बीबीसीका अनुसार बाइडेनको पक्षमा २२० तथा ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *