Search
Close this search box.
Search
Close this search box.

ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै इटहरीका कृपाश्वर, फर्ममा फुल्यो यस सिजनको ड्रागन

इटहरी। सुनसरीको इटहरी २० निवासी ५७ वर्षीय भूपू भारतीय सेना कृपाश्वर घलेले ड्रागन खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । १८ लाख लगानीमा तीन बर्ष ड्रागन फ्रुटको खेती सुरु गरेका उनी प्रदेश एककै ड्रागन फलाउने पहिलो किसान हुन ।

रामधुनी नगरपालिका वडानम्बर ७ रानीपोखरीमा १० कट्ठा जमिनमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । घले भन्छन् “पेन्सन जिवन सँगै ड्रागन खेती गरेर व्यावसायिक बन्न फेरी कृषि पेसा गरेको छु ।” हाल १० कट्ठामा मात्र सुरु गरे पनि व्यावसायिक ड्रागन फ्रुटको खेतीलाई बृहत रूप दिने योजना रहेको घले बताउँछन् ।

घलेले ‘कृषि क्षेत्रलाई आधुनीक र औजारीकरणको हिसाबले अगाडी बढ्नु पर्छ ।’ परम्परागत भन्दा आधुनिक कृषिमा लाग्न र किसानलाई फाइदा हुने उनको अनुभब छ । उनी भन्छन् मैले लगानी गरेको रकम विरुवा बेचेरै उकासे । ‘काम गर्ने जोस, जाँगर, इच्छा र सहयोग हुनुपर्छ मानिस सफल हुन केही सोच्नु पर्दैन ।’

हुन त उनले पनि आफ्नो युवा अवस्था बन्दुक समाएर अर्काकै मुलुकमा युद्धका लागि तम्तयार रहेका थिए । ‘तर्जुमा ड्रागन फ्रुट कृषि फर्मले कृषिप्रधान मुलुकमा कृषिबाटै समृद्ध बन्ने सपना साकार हुने तर्फ विश्वस्त भएका छन । बिहान देखि बेलुकासम्म कृषि व्यवसायमा नै व्यस्त हुने गरेको उनी बताउँछन् ।

कुटो कोदालो नै उनको साथी बनेको छ । साथमा तरहरामा दर्जनौ सामाजिक संस्थाको नेतृत्व गरिसकेकी श्रीमती कमला गुरुङले पनि आफ्नो क्षेत्रबाट सहयोग गरेकी छिन । उनी भन्छन् मैले युटुब हेरेर खेती सुरु गरेका थिए अहिले म आफै यो विषयमा धेरै जान्ने भएको छु उनी भन्छन् ।

यो फलको बोट जति धेरै विकाश भयो त्यति फल दिन्छ । ३ वर्ष हाराहारी भयो लगाएको यसको वृद्धि थप हुँदै छ । अर्को तर्फ यो फल बर्षमा ९ पटक सम्म फल्ने भएकाले आम्दानी बार्षिक २० लाख हाराहारीमा निकाल्ने सोच बनाएको उनी बताउँछन । प्रदेश एककै पहिलो किसान भएको उनको दाबी छ । १३ बर्ष अगाडी मलेसियाको आफ्नो साथीले दिएको विरुवाले अहिले बार्षिक लाखौ कमाईरहेका छन् ।

प्रतिकेजी ८ सय रुपैयामा विक्रि हुने यो फलको बजार भने अहिले स्थानीयले नै धानेको छ । अहिले सम्म बजार सम्म पुप्याउन परेको छैन उनी भन्छन् । आफ्नै उत्पादन भएको ठाउँमा किन्नेहरुको भीड लाग्ने गरेको उनको भनाई छ । अघिल्लो बर्ष २ सय केजी बेचेका घलेले यो बर्ष साडे ७ सय केजी फल विक्रि गरेको उनी बताउँछन । एउटा वोटमा १० केजी सम्म फल्ने गरेको छ ।

विरुवाबाट बार्षिक लाखौ आम्दानी

अहिले ड्रागनको विरुवा बेच्ननै भ्याई नभ्याई हुने गरेको छ घलेलाई । बार्षिक लाखौ रुपमा विरुवा बेचेरै कमाउने गरेको उनको भनाई छ । त्यहाँ पुग्नेहरु बिरुवा फल लिएर पनि जान्छन । यसको बोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ ।

अहिले सर्वसाधरणहरुले पनि यो फललाई घरको छटमा समेत रोप्न सुरु गरेको उनको भनाई छ । एउटा विरुवाको २ सय प्रतिगोटा विक्री गर्दै आएकाके घलेको भनाई छ ।

धरान,मोरङ,झापा,धनकुटा,उदयपुर,सिरहा,सप्तरी,पाल्पा सम्मबाट आफ्नोमा विरुवा लिन आउने गरेको उनी बताउँछन । एउटा बोटको आयु ३० बर्ष सम्म हुने गरेको छ । ड्रागन सँगै घलेले सुठुनी,खरबुजा,कोदो,भटामास,आलु,प्याज,लसुन समेत लगाईरहेका छन ।

कहाँ फल्छ ड्रागन फल ?

ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल परिवारमा पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ ।

यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ। दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ।

औषधीय गुणले भरीपूर्ण फल

यो फल मीठो मात्र छैन । औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठ देखि असोज ९ कात्तिक सम्म फुलिरहन्छ र फलिरहन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *