Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

  • दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् ।
  • आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ ।
  • दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

ताप्लेजुङ। ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *