काठमाडौं। सरकारले हालै सार्वजनिक गरेको नागरिक एपमा रहेका तथ्यांकसम्बन्धी त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास प्रक्रिया सुरु गरेको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी त्रुटि सच्याउनका लागि अनलाईन प्रणालीको विकासको प्रक्रिया थानली गरिएको जानकारी गराएको हो ।
गृहमन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेद्वारा जारी विज्ञप्तिमा परीक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकोले प्रयोगमा कठिनाइ भएको जनगुनासो आएपछि त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गरिएको उल्लेख छ ।
