Search
Close this search box.
Search
Close this search box.

नेपालमा ७५ प्रतिशत बालबालिका अनलाइनबाट हुने यौन दुर्व्यवहार बारे अनविज्ञ

नेपालमा ७५ प्रतिशत बालबालिका अनलाइनबाट हुने यौन दुर्व्यवहार बारे अनविज्ञ

७५ प्रतिशत बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाए थाहा नभएको तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेन र इपी लक्जम्वर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समूहका ४५२ बालबालिकामा गरेको सर्वेक्षणअनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायहरूबारे थाहा नभएको पाइएको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले जानकारी दिए ।

भ्वाइस अफ चिल्ड्रेनले आयोजना गरेको अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा सामाजिक सन्जालहरू फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स आदि प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू अनलाइनबाट हुने बाल दुर्व्यवहारको बारेमा जानकारी दिइएको थियो ।

पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका थापाले जानकारी दिए । नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २०८ जना बालबालिका (बालक ५६ र बालिका १५२) साइबर अपराधमा परेको उजुरी दर्ता भएको उनले जानकारी दिए ।

त्यस्तै १० देखि १८ वर्षसम्मका बालबालिकाहरू धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।

यस्ता घटनाले बालबालिकाले लज्जित महशुस गर्ने, थकाई लाग्ने, निन्द्रा नलाग्ने, पेट दुखिरहने जस्ता समस्या उत्पन्न हुनेजस्ता समस्या देखिने अर्का वक्ता कपिल काफ्लेले बताए ।

‘बाल दुर्व्यवहार गर्नेले मजाका लागि र पीडा दिन यस्ता काम गर्छन् । र, दुर्व्यवहार भोग्नेले पनि डरका कारण कसैलाई भन्न सक्दैनन्,’ उनले भने ।

भ्वाइस अफ चिल्ड्रेन वि.सं. २०५७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले सडक, यौन दुर्व्यवहार र शोषणमा परेका तथा निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको संरक्षणको लागि उद्धार, पुनर्स्थापना, पारिवारिक तथा सामाजिक पुनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारहरूको क्षमता अभिवृद्धि गरी उनीहरूका बालबालिकाको संरक्षणका लागि कार्यहरू गर्दै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *