Search
Close this search box.
Search
Close this search box.

पाँच हजार मेट्रिक टन चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार मेट्रिक टन चामल खरिद गर्न लागेको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो । विभिन्न जिल्लाबाट धान खरिद गर्नका लागि कम्पनीले टेण्डरसमेत निकालिसकेको छ ।


कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले ५ हजार मेट्रिक टन धान खरिद गर्न लागिएको जानकारी दिए । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको उनले जानकारी दिए । यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेपनि धान नै नपाएकाले अहिलेसम्म २४ हजार ८ सय ५५ किन्टल मात्र खरिद गरिएको उनले जानकारी दिए ।


कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार विभिन्न जिल्लाबाट धान खरिद गरेको थियो । किसानले पहिलै नै व्यापारीलाई धान बिक्री गरिसकेकोले खरिद गर्न नपाएको कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीसँग मौज्दातमा धानसहित करिब ३० हजार मेट्रिक टन मात्रै खाद्यान्न बाँकी छ । लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि खाद्यान्नको स्टक बढाउन चामल खरिदको प्रक्रिया सुरु गरेको कम्पनीले जानकारी दिए ।


कम्पनीले हरेक वर्ष किसानसँग धान खरिद गर्ने र त्यसलाई कुटेर चामल बिक्री गर्दै आएको थियो । बजारभन्दा केही सहुलियत दरमा उपभोक्तालाई खाद्यान्न बिक्री गर्दै आएको सरकारी संस्थानले गत चैतदेखि चामल पनि खरिद गर्न थालेको छ ।

कम्पनीले यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर अहिलेसम्म २४ हजार ५ सय ५५ मेट्रिक टनमात्र धान खरिद भएको छ । चालु वर्षमा ३० हजार मेट्रिक टनभन्दा बढी धान खरिद नहुने कम्पनीको भनाइ छ । गत वर्ष पनि कम्पनीले धान नपाएको भन्दै लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
कम्पनीले अहिले बजारमा व्यवसायिकरूपमा बढी बिक्री हुने स्टिम जिरा, स्टिम रन्जित, काला लुनिया, सोना मन्सुली, मार्सी का साथै बासमती लगायतको धान खरिद गरिरहेको छ । पाँच हजार मेट्रिक टन धान खरिद गर्नका लागि कम्पनीका मुख्य कार्यालय प्रादेशिक कार्यालय र शाखा कार्यालयका लागि स्टिम जिरा, अरुवा मोटो, बासमती, सोना मन्सुली, काला नुनिया र मार्सी चामल खरिद गर्न लागेको छ ।


सरकारले यो वर्षका लागि मोटा धानको प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्वीटल २ हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले समर्थन मूल्य अनुसार धान खरिद गरेको छ । धान थन्काउने बेलामै व्यापारीले बढी मूल्यमा किसानबाट धान खरिद गरेकाले अभाव देखिएको छ । कम्पनीले किसानबाट धान खरिद गरेर आफनै मिलमा कुटाएर सुपथ मूल्यमा सुगम तथा दुर्गमन जिल्लामा चामल वितरण गर्दै आएको छ । कम्पनीले चामलसँगै जुम्लाको सिमी समेत बिक्री गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *