Search
Close this search box.
Search
Close this search box.

पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाको पाठेघर र स्तनको निःशुल्क जाँच हुने

बिर्तामोड – झापाको बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल तथा वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले संयुक्त रुपमा तीन महिनासम्मका लागि महिलाको पाठेघर र स्तनको निःशुल्क जाँच गर्ने भएको छ । 

हस्पिटलले सोमवार बिर्तामोडमा वडादशैको अवसर पारेर पत्रकारसँग शुभकामना आदान–प्रदान गर्दै आजैका मितिदेखि ३ महिनासम्मका लागि पाठेघर र स्तनको निःशुल्क जाँच गर्ने जानकारी दिएको हो ।

EPIC

 त्यस्तै हस्पिटलले ओपिडी सेवा र भिआइए टेष्ट निशूल्क गर्दै मेमोग्राम टेष्टमा २५ प्रतिशत छुट गरेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । 

कार्यक्रममा दशैमा हस्पिटलका सम्पूर्ण सेवा २४ सै घण्टा सञ्चालन रहने डा. विरेन्द्र यादवले बताए ।

शुभकामना आदान प्रदान कार्यक्रममा डा. उमेशकुमार शर्मा, अग्रज पत्रकार उमाकान्त खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन हस्पिटलका जन सम्पर्क अधिकारी प्रोमिश गिरीले गरेका थिए । 

तस्वीर : बिष्णु श्रेष्ठ/पालिका सन्देश

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *