शान्तिनगर – प्राकृतिक सामाग्रीको अधिकतम दोहन भएको भन्दै युवाहरुले बुद्धशान्तिमा “प्राकृतिक श्रोत संरक्षण समिति” गठन गरेका छन।सोमबार स्थानीय टिमाई-कुरुङ दोभानमा भेला भएका युवाहरूले सुरेश खतिवडाको अध्यक्षतामा समिति चयन गरेका हुन्।
स्थानीय नदिबाट बिना मापदण्ड नदिजन्य सामाग्रीको अवैध उत्खनन र चोरी निकासी भएको भन्दै स्थानीयले आवाज उठाएपछी,बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ को पहलमा उक्त भेला आयोजना गरिएको थियो।
“पछिल्लो समय कुरुङ खोलाबाट जथाभावी ढुङ्गा उठाउदा खेत बगाएको,खानेपानि र कुलोका मुहान सुकेका धेरै गुनासो आएपछी समुदायकै सहभागितामा त्यसको संरक्षणका लागि कदम चालेका हौं”,वडा नम्बर५ का अध्यक्ष बासुदेव खतिवडाले बताए।
वडाकार्यलयमा पछिल्लो २ महिना मात्रै स्थानीय कुरुङखोलाबाट ढुङ्गा चोरी भएका दर्जन बढी उजुरी परेका थिए।
सरक्षण समितीमा खेमराज भट्टराई उपाध्यक्ष,पोषण खतिवडा सचिव र रेखा अधिकारी कोषाध्यक्ष रहेका छन्।
प्राकृतिक श्रोत संरक्षण समितीले शान्तिनगर क्षेत्रमा रहेका जल-जमिन र जङ्गलमा हुने प्राकृतिक र मानविय बिनास नियन्त्रण गर्नका लागि काम गर्ने समितीका अध्यक्ष शुरेस खतिवडाले बताए।
“नदिमाथि हाम्रो दोहन र नदिले हाम्रो खेत कटान गर्ने क्रम कुन बढी छ भनेर अब मूल्याकंन गर्ने बेला आइसकेको छ,यदि अहिलेको गतिविधि नरोकिने हो भने अबको केही समयमै हाम्रो गाउँ नै बगरमा परिणत हुने खतरा बढेको छ”उनले भने।
अबैध रुपमा नदिजन्य सामाग्री उत्खनन भएको तर्फ इन्कित गर्दै समितिका उपाध्यक्ष खेमराज भट्टराईले नदिमा अबैध रुपमा हुने उत्खनन नियन्त्रण गर्ने आफ्नो पहिलो कार्यक्रम रहने बताएका छन्।
समितिको सदस्यमा डिल्लिराम मगर,इन्द्रप्रसाद चापागाईं,मन्जु कुमाल,तेजराज दाहाल,उमादेवी प्रधान,सुमन तामाङ लगायत रहेका छन्।
वडा नम्बर ५ का वडाध्यक्ष बासुदेव खतिवडाको अध्यक्षतामा बसेको भेलामा वडासदस्य डेगेन्द्र कार्की,चारभैया-चुल्ठे खानेपानी समितिका अध्यक्ष थिरप्रसाद खतिवडा,शिक्षक र स्थानियको उपस्थिति थियो।