झापा। झापाको कचनकवल गाउँपालिकाले फागुन ७ गते सार्वजनिक बिदा दिने भएको छ । बिगतमा मनाईदै आएको प्रजातन्त्र दिवसलाई गाउँपालिकाले निरन्तरता दिन उक्त दिन सार्वजनिक विदा दिने निर्णय गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाको फागुन ३ गते कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए।