Search
Close this search box.
Search
Close this search box.

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश सरकारका प्रमुख उपलब्धी सम्बन्धी पुस्तिकामा तीन वर्षमा ३६ अर्ब ५३ करोड ८९ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख छ । जसमा १८ अर्ब ७४ करोड ६३ लाख ७४ हजार पुँजीगत र १७ अर्ब ७९ करोड २६ लाख १६ हजार चालु खर्च भएको छ ।


सो अवधिमा ९आर्थिक वर्ष २०७४-०७५ देखि २०७७-०७८ सम्म प्रदेश सरकारले चालुतर्फ ४५ अर्ब ७१ करोड ३१ लाख १६ हजार र पुँजीगततर्फ ४१ अर्ब ९१ करोड ६३ लाख ९१ हजार गरी जम्मा ८७ अर्ब ६२ करोड ९५ लाख सात हजार रुपैयाँ विनियोजन गरेको छ । यस अवधिमा प्रदेश सरकारले पुँजीगत बजेट भन्दा चालु बजेटमा बढी रकम विनियोजन गरेको छ भने चालु खर्चको तुलनामा पुँजीगत खर्च पनि कमजोर छ ।


पुँजीगत खर्च कमजोर रहेको र प्रदेश सरकारका कार्यक्रमको उपलब्धी पनि कमजोर रहेकै कारणले प्रजातन्त्र दिवस मनाउन आयोजित समारोहमा उपलब्धी विवरण सार्वजनिक गरिसकेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परीणाम आउन समय लाग्ने चर्चा गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *