प्रदेश-१ को संसद्‍मा मुख्यमन्त्री शेरधन विरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन सिफारिस

काठमाडौं। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता भएको छ। आज बिहान १० बजेर ४७ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

EPIC

दर्ता गराउने सत्तारूढ पार्टी नेकपाकै असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय सांसदहरू हुन्। प्रदेश संसद् सचिवालयका सूचना अधिकारी प्रमोद विकले ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएको बताए।

EPIC EPIC EPIC

प्रदेश सभामा जम्मा ९३ जना सांसद् छन्। र, अविश्वासको प्रस्ताव दर्ता गराउने सबै सांसदहरू ‘प्रचण्ड–नेपाल’ समूहका हुन्। अविश्वास प्रस्तावमा “मुख्यमन्त्री शेरधन राईको काम सन्तोषजनक नभएको र संविधानको धारा १८८ ९४० बमोजिम र १८३ को ९३० बजमोम हटाउन माग गरिएको छ।” सूचना अधिकारी विकले बताए।

अविश्वास प्रस्ताव दर्ता गराउने सांसद्हरूले सांसद् भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेको छ। बाँकी कारबाही प्रदेश सभा नियमावली अनुसार हुने प्रदेश सचिवालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *