Search
Close this search box.
Search
Close this search box.

प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परे

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

EPIC

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् । सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादी रोजेको जानकारी दिए ।

१० जनाले नयाँ पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए । १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् । प्रदेश १ मा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *