Search
Close this search box.
Search
Close this search box.

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना सङ्क्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो ।    
    
सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।    

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *