प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको दाबीसहित सर्वोच्चमा मुद्दा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रियामा पुगेको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गरेका हुन्।

EPIC

निवेदन पेश भएको दुईदिनपछि दर्ता गर्ने निर्णय भएको सर्वोच्चले जनाएको छ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा गरेको बहसलाई आधार बनाएर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको रिट निवेदनमा दाबी छ।

प्रधानमन्त्रीले ‘बाजे वकिल’ भनेर सार्वजनिक बोलेको अडियो भिडियोसहित निवेदन पेस गरेको निवेदनमा उल्लेख छ।

“‘प्रधानमन्त्रीलाई झिकाई अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरिपाऊँ,” निवेदनमा उल्लेख छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar