प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीता घट्दै

तीर्थ तिम्सिना बुद्धशान्ति(झापा ) — सरकारले ठूलो संख्यामा रहेको बेरोजगारी संख्यालाई रोजगारी सिर्जना गर्ने भन्दै घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा पछिल्लो बर्ष सहभागीता घट्दै गएको छ ।

EPIC

बुद्धशान्ति गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिनेको संख्या अघिल्लो बर्षको तुलनामा यस बर्ष बेरोजगार आवेदन दिनेको संख्यामा कमि आएको छ ।

दुई आर्थिक बर्ष ०७६/७७ र ७७/७८ लाई तथ्यांक मानेर हेर्दा अघिल्लो बर्ष १ हजार ७ सय ६२ जनाले आवेदन भरेका थिए भने यस बर्ष ६ सय ११ जनाले आवेदन भरेका बुद्धशान्ति गाउँपालिका रोजगार संयोजक दीपा उपाध्याय पोखरेलले बताएकी छिन् ।

अघिल्लो आव ०७६/७७ को तुलनामा यस आव ०७७/७८ मा बेरोजगारि आवेदन भर्नेको संख्यामा कमि भएको छ । ७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा अघिल्लो आवमा वडा १ बाट ३८९ जना, वडा २ बाट १८५, वडा ३ बाट २८०, वडा ४ बाट ४०३, वडा ५ बाट २७४, वडा ६ बाट ९२ र वडा ७ बाट १३९ जना गरि १ हजार ७ सय ६२ जनाले आवेदन दिएका संयोजक पोखरेलको भनाई छ ।

EPIC EPIC EPIC

यस बर्ष वडा १ बाट ६० जना, वडा २ बाट ५०, वडा ३ बाट १९७, वडा ४ बाट ७५, वडा ५ बाट ९३, वडा ६ बाट ५५ र वडा ७ बाट ८१ जना गरि ६ सय ११ जनाले आवेदन दिएका थिए ।

EPIC

यसका लागि न्युनतम सय दिन बराबरको रोजगारिका लागि ५ सय १७ रुपैयाँ दैनिक ज्यालाको हिसाबले सय जनालाई ५१ लाख ७० हजार बजेट छुट्याइएको बताइएको छ । जुन आयोजना कार्यक्रम दशै लगत्तै सुरु हुने छ । वैदेशिक रोजगारमा जान नसकेका, सीप भएका तर काम नपाएका बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्ने योजना बनाएको गाउँपालिका स्रोतले बताएको छ ।

गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरवास निर्माण लगायत काम भएका थिए । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नीति यस कार्यक्रमसँग जोडिएता पनि थोरै समय मात्रै काम पाइने भन्दै अघिल्लो वर्षजस्तो यो वर्ष बेरोजगार युवा स्थानीय तहमा गएर आवेदन दिएनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम दिगो रोजगारी सिर्जनाभन्दा पनि सामाजिक रूपमा संरक्षण कार्यक्रम मात्र भएको बताएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar