प्राविधिक शिक्षा विस्तारको तयारीमा सीतारमेश बहुमुखी क्याम्पस

बुद्धशान्ति / बुद्धशान्ति गाउँपालिकाभित्रका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउँदै आएको सीतारमेश बहुमुखी क्याम्पसले प्राविधिक तथा बजारमुखी शैक्षिक कार्यक्रम सञ्चालनको तयारी थालेको छ।

क्याम्पसमा हाल BBS र B.Ed. कार्यक्रम सञ्चालनमा रहेका छन्। अब समयको माग तथा विद्यार्थी र अभिभावकको आवश्यकतालाई मध्यनजर गर्दै BBA, BCA र B.Sc. CSIT कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ क्याम्पस सञ्चालक समिति र प्रशासन आवश्यक तयारीमा जुटेको क्याम्पस प्रमुख पुष्प रिजालले जानकारी दिए।

EPIC EPIC EPIC

ती कार्यक्रम सञ्चालनका लागि कम्प्युटर ल्याब, डिजिटल लाइब्रेरी लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न पर्याप्त आर्थिक स्रोत आवश्यक पर्ने उनले बताए। स्थानीय तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई न्यूनतम शुल्कमा गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरी अभिभावकको आर्थिक भार कम गर्नु क्याम्पसको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

क्याम्पसले नयाँ प्राविधिक कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिका, गाउँ कार्यपालिका, शिक्षाप्रेमी, अभिभावक तथा सम्पूर्ण बुद्धशान्तिवासीबाट विगतझैँ आगामी दिनमा पनि रचनात्मक सुझाव, आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

बुद्धशान्ति गाउँपालिकाभित्रका ३३ वटा विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीका लागि सीतारमेश बहुमुखी क्याम्पस क्षेत्रकै प्रमुख सामुदायिक उच्च शैक्षिक संस्थाका रूपमा परिचित छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च