Search
Close this search box.
Search
Close this search box.

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कोरोना संक्रमण पुष्टि भएर निको भएकालाई रक्तदान गर्न आह्वान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले कोभिड संक्रमण भएर निको भइ, नेगेटिभ रिपोर्ट आएर तीन महिना नकाटेकाहरुलाई रक्तदान गर्न आह्वान गरेका छन् ।

उनले कोरोना संक्रमण भई गम्भिर अवस्थाका विरामीका लागि प्लाज्माको माग आएको जनाउँदै विर्तामोडस्थित रेडक्रस उपशाखाको प्लाज्मा बैंकमा रक्तदान गरेर सहयोग गर्न आग्रह गरे ।

उनले संक्रमितको तथ्याङ्क स्थानीय निकायसंग हुने भएकाले प्लाज्मा दानका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई समन्वय गरिदिन आग्रह समेत गरेका छन् ।

कोरोनालाई जितेका व्यक्तिको रगत अन्य कोरोना संक्रमितलाई बचाउन सकिने भएपछि संक्रमण निको भएको तीन महिना नकाटेकाहरुलाई रक्तदान गर्न आह्वान गरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *