Search
Close this search box.
Search
Close this search box.

प्लास्टिकको विकल्प खोज्दै ‘हिमालयन लस’

गङ्गाराम गड्तौला,बुद्धशान्ति (झापा)– भोजभतेरमा खाना खाँदा हामी कस्ता भाँडा प्रयोग गछौं ? प्लास्टिकका । घरमा सहजै प्रयोग गरिने सामान के का छन् ? प्लास्टिकका । पसलमा सामान किनेपछि हामी केको भाँडोमा हालेर ल्याउँछौं ? प्लास्टिकमा । अब त हुँदाहुँदै प्लास्टिकका कुर्सी, प्लास्टिककै टेबल, प्लास्टिककै गिलास, प्लास्टिककै थाल, प्लास्टिककै जग । हाम्रो अवयव नै प्लास्टिक बनिसक्यो । हामी प्लास्टिक बोक्छौ । प्लास्टिकमा बस्छौँ । प्लास्टिकमै सुत्छौ । प्लास्टिक खान्छौ । र प्लास्टिक लाएर हिड्छौं ।

मानौ, प्लास्टिक हाम्रो अभिन्न अङ्ग बनिसक्यो । तर यसबाट वातावरणमा के कस्तो असर परिरहेको छ ? हामीले कहिल्यै सोचेका छौं? अब सोच्नुपर्ने बेला आएको छ ।
हरेक मानिसको सपना हुन्छ — पैसा कमाउने । आजको जमानामा पैसा कमाएपछि मान, प्रतिष्ठा, इज्जत, सम्मान सबै पाइन्छ । प्रायः मानिसको सोच यही छ । जम्माजम्मी पैसा कमाउनु नै उद्देश्य भएपछि जसरी भए पनि पैसा कमाउन मानिस उद्यत छ । जे काम गर्दा पैसा कमिन्छ त्यही काम गर्न हामी अधिकांश मानिस तयार छौं । तर आफुँले पैसा कमाउनका लागि गरिरहेको कामबाट समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर परिरहेको छ ? यस विषयमा भने कमैले सोचेको पाइन्छ । पैसा पनि कमाउने र समाजको भलाइ पनि गर्ने । सायद धेरैको मनमा यो असम्भव विषय भन्ने लाग्छ । तर हामी समाजलाई कुनै पनि किसिमको हानी नोक्सानी नगरीकन पैसा कमाउन सक्छौं । हजुर समाजको वातावरणीय पक्षप्रति संवेदनशील बन्दै उद्योग–व्यवसाय गर्न झापाका केही युवा व्यवसायी लागिपरेका छन् ।


अर्जुनधारा नगरपालिका वडा नं. १, सेतीपानी भन्ने ठाउँमा पुग्नुभयो भने तपाईंले हिमालयन लस इन्डस्ट्रिज नामक एक कारखाना देख्नुहुनेछ । झन्डै १७ कट्ठा जमिनमा फैलिएको यो कारखाना बाहिरबाट हेर्दा सामान्य देखिन्छ । तर यसको उद्देश्य अनुकरणीय छ । बढ्दो वातावरणीय प्रदुषणलाई कम गर्ने, स्थानीयलाई स्वरोजगार बनाउने र प्लास्टिकको बढ्दो प्रयोगलाई निरुत्साहित गर्ने लक्ष्य सहित यो कारखाना स्थापना भएको हो ।सुपारीकै चम्चा, सुपारीकै प्लेट, सुपारीकै दुना, सुपारीकै टपरी । सुपारीकै खण्डेथाल । सुपारीकै बोल । केके हो केके । ३७ प्रकारका । सामान अनुसार मिसिन । सुपारीका सुप्लाबाट बनेका विविध सामान ।


सकारात्मक सोचका धनी केही युवाको प्रयासमा सञ्चालनमा आएको यस कारखानाले खेर गइरहेको सुपारीको सुप्लालाई प्रयोगयोग्य बनाउने काम गर्छ । स्थानीय श्याम प्रसाईं, गोकुल प्रसाईं, श्याम बहादुर बस्नेत, लक्ष्मी प्रसाईं र अशोकमान कपालीको संयुक्त लगानीमा सञ्चालित यस कारखानाले सुपारीका सुप्लाबाट विभिन्न ३७ प्रकारका घरेल’ सामग्री उत्पादन गर्छ । जुन सामग्री शत प्रतिशत वातावरण मैत्री छन् ।


छ करोड लगानीमा सञ्चालन आरम्भ भएको कम्पनीमा हरेक दिन दस हजार प्रति उत्पादन गर्नसक्ने क्षमता छ । तर बजारको सम्भावना कम भएकोप्रति सञ्चालक चिन्तित छन् । कोरोना कहरका कारण स्थानीय बजारमा सीमित हुनुपर्ने बाध्यता छ । उपभोक्तामा सचेतना आइनसकेका कारण प्लास्टिकलाई विस्थापन गर्न कठिनाइ छ ।
सरकारले कृषि उपज सरह अनुदानको व्यवस्था गरिदिए कम्पनीले नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत बजार विस्तार गर्ने सम्भावना देखिन्छ । यसका लागि स्थानीय तथा केन्द्रीय सरकारको अनुदान आवश्यक छ । सरकारी स्तरबाट गनुपर्ने कार्य केही युवाहरूले गरिरहँदा तिनलाई होस्टेमा हैंसे गर्नु हामी सबैको दायित्व हो । स्थानीयलाई रोजगारी दिलाउँदै प्लास्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याउने यो प्रयासलाई सबैको सहयोग जरुरी देखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *