Search
Close this search box.
Search
Close this search box.

बंगलादेशबाट १० हजार टन मल आउँदै

काठमाडौ । नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ । बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्रल्याउन लागिएको हो । मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले १० दिनभित्र मल आइपुग्ने जानकारी दिए ।


सरकारले तीन चरणमा मल ल्याउनेछ । उनका अनुसार पहिलो चरणमा १० हजार टन तथा, दोस्रो र तेस्रो लटमा २०÷२० हजार टन मल ल्याइने उनले जानकारी दिए । अहिले पर्याप्त मात्रामा रासायनिक मल भएकाले गहुँको सिजनलाई अभाव नरहेको उनको भनाइ छ । अहिले युरिया ५ हजार टन, डिएपी २१ हजार र पोटास ७ हजार टन स्कटमा रहेको कम्पनीले जानकारी दिएको छ । २० हजार टन युरिया कोलकाताबाट आउने क्रममा रहेको छ । यस्तै थप ६० हजार टन मलको लागि एलसी खोलिसकेकाले लोडिङ हुने क्रममा रहेको छ । थप ६० हजार युरिया ल्याउनको लागि एलसी खोलिसकेको र २५ हजार डिएपीको लागि टेन्डर निकाल्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । धानको सिजनमा किसानले मलको अभाव खेप्नु नपर्ने पोखरेलको भनाइ छ । यो वर्ष धान रोप्ने समयमा किसानले मलको अभाव खेप्नु परेको थियो । गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९।१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।


बिहीबारदेखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वर रखुल्ना, रोहनपुर र सिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । यसैबीच, रासायनिक मल अभाव हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षका लागि जीटूजी ९सरकार–सरकार० सम्झौता गर्ने तयारी गरेको छ । बर्सेनि सिजनकै मुखमा भइरहेको अभाव घटाउन भन्दै मन्त्रालयले भारतसँग जीटूजी सम्झौताका लागि प्रारम्भिक छलफल अघि बढाएको हो । यसअन्तर्गत दुई देशबीच सहसचिवस्तरीय वार्ता भइसकेको मन्त्रालयले जनाएको छ ।


प्रारम्भिक चरणमा सहसचिवस्तरमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । सधैको लागि मलको अभाव हटाउनका लागि भारतसँग जीटूजीमार्फत मल ल्याउने गरी प्रारम्भिक रुपमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरले जानकारी दिए । बर्सेनि धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेकाले सधैको समस्या समाधान हुने गरी मल ल्याउने तयारी गरेको उनको भनाई छ । मुलुकमा वार्षिक सात लाख टन रासायनिक मलको माग रहेको छ । माग अनुसार मलको आयात नहुँदा किसानले धान रोप्ने सिजनमा मलको अभाव खेप्दै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *